देशभरमा ११२ जनामा कोरोना संक्रमण पुष्टि

१४ फागुन, काठमाण्डौ । आज देशभरमा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९ सय ४४ जनाको नमुना परीक्षण गर्दा ४४ महिला र ६८ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ । तीमध्ये थप ४ जना सहित २ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ ।

आजै थप ५४ जना निको भएसंगै हालसम्म २ लाख ७० हजार २७७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ९३६ रहेको मन्त्रालयले जनाएको छ ।