ओलीसंग भेटवार्ता गर्न बामदेव बालुवाटारमा

१४ फागुन, काठमाण्डौ । दुई भागमा बिभाजन भएको ए समूम ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसग नेकपा उपाध्यक्ष बामदेव गौतम उनलाई भेट्न बालुवाटार गएका छन् । नेता गौतम प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर े ओलीसंग छलफल गरेका हुन् ।

आज शुक्रबार दिउंसो २ः३० बजे बालुवाटार पुगेका गौतमले ओलीसंग करिब एक घण्टा कुराकानी गरेका छन् । स्रोतका अनुसार, गौतमले ओलीसंग पनि पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन आग्रह गरेका छन् ।

नेकपा दुई समूहमा विभाजित हुंदा आफू तटस्थ रहेको बताएका गौतमले हिजो बिहीबार प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेटवार्ता गरेका थिए ।

नेकपा विभाजन पछि गौतमले छुट्टै नेकपा राष्ट्रिय एकता अभियान शुरु गरेका छन् । संसद् विघटन पछि विभाजित नेकपालाई फेरि एक बनाउन दबाव दिने उद्देश्यले गौतमले अभियान सुरु गरेकको बताएका छन् ।