कृषकलाई गोठालो पत्ता लिन आउन पचालझरना गाउंपालिकाको अनुरोध

१३ फागुन, काठमाण्डौ । कालिकोट जिल्लाको पचालझरना गाउंपालिकाले ‘गोठालो भत्ता’ लैजान कृषकहरु लाई अनुरोध गरेको छ । गाउंपालिका पशुसेवा शाखाले नियमित रुपमा प्रोत्सान भत्ता पाईरहेका र नयां भेडा – बाखा्र पालन गरिरहेका कृषकहरुलाई आवश्यक कागजात पेश गरेर भत्ता लिन सुचना गरेको हो ।

गाउंपालिकाले गत वर्षदेखी नै गाउंपालिका भित्रका भेडा–बाखा्र पाल्ने कृषकलाई प्रोत्सान स्वरुप भत्तादिने भनी निर्णय गरेपछि गत वर्ष देखीनै गोठालो भत्ता दिन सुरु गरेको थियो ।

गाउंपालिकालाई माशुुमा आत्मनिर्भर बनाउंदै कृषकहरुको आयस्तर वृद्धि गर्ने उद्देश्यले ५५ भन्दामाथि भेडा–बाख्रा पाल्ने कृषकहरुलाई ‘गोठालो भत्ता’ दिन थालिएको पशु सेवा शाखाका प्रमुख बिरेन्द्र बहादुर बमले कदर न्यूजलाई बताउनु भएकोृ छ ।

गाउंपालिकाले ५५ देखि ९९ सम्म भेडा–बाख्रा भएकाहरुलाई मासिक एक हजार, एक सयसम्मलाई दुई हजार र त्यो भन्दामाथि भएकाहरुलाई थप भत्ताको व्यवस्था गरेको छ । ‘भेडा पाल्ने व्यवसायिक कृषकहरुलाई प्रोत्साहन गर्न, उनीहरुको आम्दानीमा वृद्धि गर्न र पालिकलाई मासुमा आत्मनिर्भर बनाउनका लागि गोठालो भत्ताको व्यवस्था गरिएको हो,’ पशु सेवा प्रमुख वमले भने, ‘चालू आर्थिक वर्षदेखि नियमित भत्ता दिन थालेका छौं । गर्त वर्ष सात लाख बजेट भत्तामा मात्रै खर्च भएको थियो भने, अहिले कति वटा फर्म पर्छ था छैन । सम्भवत पहिले भन्दा यो वर्ष बढेरै आउने देखिन्छ ।

गाउंपालिकाभर अहिले भेडा–बाख्रा पाल्नेको संख्या ५७ छ । ६० भन्दामाथि भेडा–बाख्रा पाल्ने कृषकको संख्या गाउंपालिकामा ५२ छ भने एक सयमाथि पाल्नेको संख्या सात रहेको छ । गत वर्ष ५१ जनाले गोठोलो भत्ता पाएका थिए ।

सरकारले भत्ता दिन थालेपछि थप भेडा–बाख्रा पाल्ने प्रेरणा मिलेको सोही गाउंपालिका –२ खरकोटका भेडि गोठाला गोविन्द बहादुर कठायतले बताए । उनले भने, मैले ७० भेडा पालेको छु गाउंपालिकाले महिनाको एक हजार गोठालो भत्ता दिने गरेको बताए ।