३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन

१३ फागुन, काठमाण्डौ । सरकारले आज ३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ ।

प्रतिनिधिसभा पुनस्थापना भएको दुई दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

स्रोतका अनुसार गृह मन्त्रालयमा खगेन्द्रप्रसाद रिजाललाई ल्याइएको छ । उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।

यसैगरी छविलाल रिजाललाई पनि सञ्चार मन्त्रालयबाट गृहमा ल्याइएको छ । यस्तै रामप्रसाद आचार्यलाई रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

लगानी बोर्डको कार्यालयमा रहेका धर्मेन्द्रकुमार मिश्र मधेसी आयोगमा पुगेका छन् भने दीर्घराज मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।