जसपा नेता पेरिस डांडामा

१३ फागुन, काठमाण्डौ । सर्वोच्व अदालतले संसद पुनस्थापना गरेसंगै बदलिएको नेपाली राजनीतिमा नेताहरुको दौडधुप सुरु भएको छ । यसै क्रममा आज बिहान नेकपाको प्रचण्ड–माधव समूहलाई भेट्न जनता समाजवादी पार्टी (जसपा) नेताहरु पेरिस डांडामा गएका छन् । सो अवसरमा सत्ता साझेदारीको विषयमा छलफल भएको छ ।

हिजो बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डमावध बीच छलफल भएको थियो । आज तेस्रो ठूलो दल जसपाका नेताहरुसंग छलफल भएको हो ।

नेकपा केन्द्रीय कार्यालय पेरिसडांडामा अध्यक्ष ‘प्रचण्ड’ र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसंग छलफल गरेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि प्रचण्ड–नेपाल समूहले नयां सरकार गठनका लागि गृहकार्य तीव्र पारेको छ । जसपाले पनि राजनीतिक परिस्थति फेरिएसंगै प्रचण्ड–माधव समूहसंग सहकार्य गर्न सक्ने जनाएको छ ।

प्रतिनिधिसभामा जसपाका ३४ जना सांसद रहेकोमा हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन् ।