प्रचण्डनेपाल द्धारा आफु समूहका संसदहरुलाई ब्रिफिङ

१२ फागुन, काठमाण्डौ । सिंहदरबारमा बसेको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहको संसदीय दलको अनौपचारिक बैठकलेण्ड–नेपाल समूहका अध्यक्षद्वयले ओलीतिर रहेका सांसदलाई आफूतिर आउन आह्वान गरेका
छन् ।

उनीहरूले ओली समूहका सांसदलाई मूल धारमा आउन समेत आह्वान गरेका छन्।

अध्यक्षद्वयले आफूहरू सरकार बनाउनको लागि भन्दा पनि व्यवस्थाको लागि लडेको बताएको बैठकमा उपस्थित सांसद झपट रावलले बताए ।

‘हाम्रो मुख्य उद्धेश्य भनेको कुन सरकार बनाउने, के बनाउने, कसलाई बनाउने भन्दा पनि हामी व्यवस्थाको लागि लडेका थियौं । हाम्रो मुख्य उद्धेश्य भनेको व्यवस्था जोगाउनु हो र व्यवस्था जोगाउनु हो’, अध्ययद्वयको भनाइ उद्धृत गर्दै उनले भने ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानमन्त्रीले एकरातमै अहिलेसम्मका उपलब्धिलाई सकाए पनि सर्वोच्चले फैसला गरेको बताए ।

‘अहिलेसम्म रहेको उपलब्धिलाई प्रधानमन्त्रीले एकरातमै सकाउनु भयो । तर त्यसलाई सम्मानित सर्वोच्च अदालतले फैसला गरेको छ । हामी फेरि संघर्षको अर्को चरणमा जानुपर्छ ।

यस्तै, अर्का अध्यक्ष माधवकुमार नेपालले ओली प्रवृतिले गर्दा पार्टी अगाडि नबढेको भन्दै पार्टीलाई एकबद्ध बनाएर लानुपर्नेमा जोड दिए ।

पार्टीलाई एकबद्ध बनाएर लानुपर्छ । ओली प्रवृत्तिले गर्दा पार्टी अगाडि बढ्न सकेको छैन । अब हामीले एकताबद्ध भएर अघि बढ्नु पर्छ ।

सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ने फैसला मंगलबार गरेको छ भने र १३ दिनभित्र बैठक राख्न भनेको छ ।