नाट्टाद्धारा ट्राभल एजेन्सीहरुसँग सबै यात्रुको विवरण माग्न आग्रह

कदर समाचार
२० चैत्र, काठमाडौं– । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कोरोनाभाइरस संक्रमितहरुसँग नेपाल आएका सवै यात्रुको विवरण सरकारलाई दिन ट्राभल एजेन्टहरु लाई आग्रह गरेको छ ।
गत १७ मार्चमा कतार एयरवेज (त्तच्टछण्)बाट नेपाल आउने २ जना र यूनाइटेड अरब इमिरेट्स, सारजाहबाट एयर अरेयिबा मा दिल्ली हुँदै २० मार्च मा भिस्टारा एयरलाइन्सबाट नेपाल आएका एकजना कोरोनाभाइरस संक्रमित भएको पुष्टि भइसकेको अवस्थामा उक्त एयरबाट नेपाल आएका अन्य यात्रुको विवरण दिन नाट्टाले ट्राभलहरुलाई आग्रह गरेको हो ।
संक्रमित यात्रुहरुसँग यात्रा गर्ने अरु यात्रुहरुमा पनि उक्त भाइरस सर्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै उक्त एयरबाट यात्रा गर्ने यात्रुहरु कुनै पनि ट्राभल एजेन्टस्हरु मार्पmत टिकट काटेर नेपाल आएको हो भने उनीहरुलाई सम्पर्कमा आउनको लागि र यात्रुहरुको विवरण नाट्टामा पठाई सम्बन्धित ठाउंमा पुर्याउनका निम्ति सहयोग गर्नको लागि अनुरोध गर्दै नाट्टाले आफ्ना सम्पूर्ण सदस्यहरुलाई परिपत्रजारी गरिएको छ ।
अतः यस कोरोनाभाइरसको महामारी बढ्दै गएको हुनाले नेपाल सरकारले चैत्र ११ गते देखि लागू गरिएको लकडाउनको अवधि नेपाल सरकारद्वारा थप गरिएको हुँदा लकडाउनको ंपालना गर्न सबैमा नाटाले अनुरोध गरेको छ । तथा सबै विदेशी एयरलाइन्सहरुलाई अप्रिल १५सम्म नेपालमा उडान भर्न रोक लगाएकोले यस बिषम परिस्थिमा सबै पर्यटन व्यवसायीहरु एक भई परिस्थितिको सामना गर्न पनि नाट्टाले आग्रह गरेको छ ।
यस बिषम परिस्थितिमा राज्यद्वारा जारी गरिएको निर्देशना पालना गर्नु तथा कुनै पनि शैलीबाट राज्यलाई सहायता गर्न मुलुकको नागरिकको दायित्व पनि रहेको नेपालको पर्यटन व्यवसायिहरुको छाता संगठन नाट्टा जाहेर गर्दछ ।
हाल विश्वव्यापी रुपमा पैmलदैं गएको कोरोनाभाइरसका कारण विश्व अर्थतन्त्रमै देखा पर्न थालेको नकारात्मक असरबाट नेपाल र नेपालको पर्यटन क्षेत्र पनि नराम्रोसँग प्रभावित हुनथालेको अवस्थाप्रति नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले गहिरो दुःख प्रकट गरेको छ ।