५ फागुन, काठमाडौं । बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । दिउंसो २ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।
सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका छन् ।
अर्को सूचना जारी नहुंदासम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ । हिजो मंगलबार नेकपाको प्रचण्ड-नेपाल पक्ष र सर्वदलीय बैठकमा प्रदेशसभा सञ्चालन गर्ने प्रतिवद्धता सभामुख श्रेष्ठको थियो ।
प्रचण्ड-नेपाल पक्षका ४५ जना सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । उक्त प्रस्तावमाथि छलफल गर्न सांसदहरूले माग गरिरहेका छन् ।