५ फागुन, काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आजदेखि काठमाडौंमा शुरु भएको छ ।
‘प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यवसायीक पत्रकार’ भन्ने नाराका साथ महाधिवेसन राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नु भएको छ । महाधिवेशनमा जिल्ला, एसोसियट, प्रतिष्ठान शाखा तथा विभिन्न १० प्रदेश कमिटीका पदाधिकारी सहभागी रहेका छन् ।
आज र भोलि दुई दिन चल्ने महाधिवेसनमा विभिन्न प्रतिवेदनहरु पेश गरी पारित गरिनेछ । महासंघको नयां नेतृत्व चयनका लागि भने चैतमा चुनाव हुनेछ । यो पटकदेखि महासंघले प्रत्यक्ष निर्वाचन प्रणलीबाट नेतृत्व चयन गर्नेछ । केन्द्र र विभिन्न तहमा एकैदिन चुनाव हुनेछ । निर्वाचनमा देशभरका सबै साधारण सदस्यले आफ्नो शाखाबाट मतदान गर्न पाउनेछन् ।
देश संघीयतामा गएसंगै महासंघले विधान संशोधन गराई प्रदेश संरचना कार्यान्वयनमा ल्याएको छ ।