३० माघ, गुल्मी । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते संसद विघटन गरेसंगै बिभाजित भएको नेकपा को युवा संगठन राष्ट्रिय युवा संघ नेपाल गुल्मीका जिल्ला इन्चार्ज रहेका हिमाल थापा ओली समूहबाट प्रचण्ड–माधव समूहमा प्रवेश गरेका छन् । युवा नेता थापाले आफ्नो फेशबुक स्टाटसमार्फत आजदेखि ओली समूह परित्याग गरि प्रचण्ड–माधव समूहमा सक्रिय सहभाग हुने घोषणा गरेका हुन् । गुल्मीको छत्रकोट गाउंपालिका–२ पल्लीकोट घर भएका नेता थापा २०६२र०६३ को आन्दोलन ताकादेखि ओली समूहका कट्टर कार्यकर्ता थिए ।
हो म २०६२र०६३ को जनआन्दोलनमा डिएसएम (जिल्ला कमिटी सदस्य ) भएदेखि अहिलेसम्म केपी ओलीको कट्टर कार्यकर्ता नै थिएं तर अहिले उहाँको तानाशाही प्रवृत्तिदेखि वाक्क भएर ओली समूह परित्याग गरि प्रचण्ड नेपाल समूहमा आएको हुँ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीका सचिवालय सदस्य समेत रहेका नेता थापाले वामपन्थी आन्दोलनको रक्षार्थ प्रचण्ड र माधव नेपाल समूहको विकल्प नरहेको बताए ।