Breaking News

प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति

२९ माघ, काठमाडौं । नेकप प्रचण्डमाधव समूहकी नेत्री तथा केन्द्रीय सदस्य रामकुमारी भांक्रीलाई आज प्रहरी राज्यबिरुद्धको कसुरमा पक्राउ गरेपछि नेपाली कांग्रेसका नेता गगन थापाले त्यस बारेमा आफ्नो धारणा सामाजिक सञ्जाल ट्यूटरबाट िदिने क्रममा उनले भनेका छन्, सरकारले प्रश्न गर्नेहरूलाई झ्यालखानामा राखेर तर्साउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति,’उनले लेखेका छन् ।

त्यस्तै सरकारलाई झ्यालखानाको संख्या पनि थप्न भनेका छन् ।

’सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुंदैन ।

नेत्री झांक्रीले यसअघि गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन् ।

नेता, गगन थापा