२९ माघ, काठमाडौं । प्रहरीले आज नेत्रृ रामकुमारी झांक्रीलाई राज्य विरुद्धको अभियोगमा पक्राउ गरेपछि नेकपा (प्रचण्ड–माधव समूह)का नेता जनार्दन शर्मा (प्रभाकर) ले रामकुमारी झांक्रीको यो पक्राउले देशलाई मुठभेडमा लगेर आफ्नो निहीत स्वार्थपूर्ति गर्ने षडयन्त्र गरिएको टिप्पणी गरेका छन् ।
राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै रामकुमारीलाई प्रहरीले आज दिउंसो पक्राउ गरेको छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले झांक्रीको पक्राउबाट नागरिक स्वतन्त्रताको हनन् भएको समेत बताएका छन् ।
महानगरीय अपराध महाशाखाको टोली झांक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भन्दै जरुरी पक्राउ पूर्जी थमाए पछि उनले पक्राउ दिएका थिइन ।