Breaking News

रामकुमारीलाई रिहा गर, बलात्कारीलाई फाँंसी दे’ नालयक सरकार राजीनामा दे

२७ माघ, काठमाडौं । आज दिउसो आफ्नै निवासबाट नेकपा नेतृ रामकुमारी झांक्रीलाई राष्ट्रपतिलाई गालीगलौज गरेको अभियोगमा राज्य द्रोहीको पुर्जी थमाउंदै पक्राउ गरेप िपक्राउ गरेपछि रिहाइको माग गर्दै युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा बानेश्वरमा प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेल समेत भएको छ ।

माइतीघर मण्डलाबाट निस्किएको प्रदर्शन बानेश्वरबाट अगाडि बढ्न प्रहरीले रोकेको छ । तर विद्यार्थीहरु भने नाराबाजी सहित अगाडि बढ्न खोजिरहेका छन् । प्रहरीले रोक्न खोज्दा ठेलाठेलको अवस्था बनेको छ ।

प्रदर्शनमा सहभागीहरुले ‘रामकुमारीलाई रिहा गर’, ‘बलात्कारीलाई फाँंसी दे’, ‘नालयक सरकार राजीनामा दे’ जस्ता नारा लगाएका थिए ।