रामकुमारी झांक्री पक्राउ : कानुनको पालना गर्दै आफूले पक्राउ दिएको हुं

रामकुमारी झांक्री

२९ माघ,काठमाण्डौ । नेकपा नेत्री तथा नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झांक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

केही दिन अघि गोरर्खामा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झांक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झांक्रीलाई उनकै घर शंखमुलमा पुगेको थियो भने झांक्रीले आफ्नै निवासमा पत्रकार सम्मेलन पश्चात् प्रहरीको छलफल र पक्राउ पुर्जि पाएपछि सम्बोधन गरेर आफै पक्राउ दिएकी थिएन ।

यसअघि महाशाखाले झांक्रीलाई सोधपुछका लागि भनेर बोलाएको थियो, तर झांक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झांक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।

उनलाई नेकपा ओली समूहसम्बद्ध अनेमसंघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।

झांक्रीलाई पक्राउ गर्न महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जन बढी प्रहरी अधिकारीहरु उनको निवासमा पुगेका थिए ।

झाँक्रीको पक्राउको विरोधमा उनको निवासबाहिर नेकपा प्रचण्ड–माधव समूह नेता तथा कार्यकर्ता बाक्लो समूहमा भेला भएर नाराबाजी समेत गरेका थिए ।
झांक्रीले आफ्नै निवासमा पक्राउ दिन अघि भनेकी थिएन, आफू राज्यको कानुनको पालक गरेको त्यसै उपर पक्राउ दिएका बताइन ।