दाङको गढवा गाउँपालिका ६ वडा कार्यालयमा आगलागी

कदर समाचार
२० चैत, काठमाडौं । भालुवाङ,दाङको देउखुरी स्थित गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुुरमा आज दिउसो करिब ३ बजेर ५० मिनटमा एक्कासी आगलागी भएको छ । आगलागीबाट ३ घर,२ गोठ, एक घुुम्ती पसल र २ भान्साघर पुुर्णरुपमा जलेर खरानी भएका छ ।
आगलागीबाट स्थानीय बिष्णुु रानाको घर तथा भान्साघर, भक्तबहादुुर सुुनारको गोठ, कृष्णबहादुुर सुुनारको पसल र घर तथा ऋषि रानाको घर, गोठ तथा भान्साघर नष्ट भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । आगलागीबाट घरमा रहेका लत्ता कपडा,खाद्यान्न, काठपात तथा फर्निचर र महत्वपुुर्ण कागजातहरु सबै जलेको अग्नीपिडीतहरुले बताएका छन् ।
आगलागी भएको खबर आएपछि गढवा गाउँपालिकाको दमकल र इलाका प्रहरी तथा स्थानीयले आगो निभाउने कार्यमा सहयोग गरेको र पछि लमही नगरपालिकाको दमकल पनि घटनास्थलमा आई आगो नियन्त्रणमा लिएको थियो । दुुवै दमकलमा पानी सकिएपछि पुुन राप्ती नदीमा गएर पानी ल्याई आगोलाई पुुर्णरुपमा निभाइएको गढवा गाउँपालिकाका बिपद् ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले जानकारी दिएका छन् ।
आगलागीबाट क्षतिको बिवरण भने यकिन भएको छैन । प्रहरी कार्यालयको मुुचुुल्का तयार भएपछि मात्र क्षतिको विवरण आउने बताइएको छ । स्थानीय भक्तबहादुुर सुुनारको गोठ नजिकै बिद्युुत्तको ट्रान्फार्मर रहेको र सो को फ्युुजबाट निस्किीएको झिल्काले आगलागी भएको स्थानीयहरुले बताएका छन् ।