फोबर््स पत्रिकाको सूचीमा नेपालका ६ युवा पर्न सफल

कदर समाचार , एजेन्सी

२० चैत, काठमाडौं । फोर्ब्स पत्रिकाले हरेक वर्ष सार्वजनिक गर्ने एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सूची
(थर्टी अन्डर थर्टी) मा नेपालका ६ जना परेका छन् ।
थर्टी अन्डर थर्टी एसियाको यस वर्षको सूचीमा नेपालका शुभांगी राणा, जेसलिना राणा, प्रतिमा शेर्पा, निकिता आचार्य, किरण तिम्सिना र रोहित तिवारी परेका हुन् । शेर्पा गल्फर हुन् भने अन्य सबै युवा उद्यमी हुन् ।
शुभांगी इन्जिनियर र जेसलिना मानव अधिकारवादी वकिल हुन् । उनीहरु सन् २०१८ बनेको ‘प्याड टू गो’ संस्थाको सह (संस्थापक हुन् ।