२९ माघ, काठमाडौं । सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । हिजो बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयांले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।
अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेल–मटितेलको ९५ रुपैयां पुगेको छ । एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयां पुगेको छ । निगमले सिलिन्डरमा २५ रुपैयां मूल्य बढाएको हो । खाना पकाउने ग्यांसको भाउ एक वर्षपछि बढेको हो ।
हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको छ ।
निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५.१६ रुपैयां, डिजेलमा प्रतिलिटर ३.०१ रुपैया. र एलपी ग्यासमा प्रति सिलिन्डर २९५.८३ रुपैयां घाटा रहेको निगमले जनाएको छ । यसअनुसार १५ दिनमा निगमको घाटा ७३.८७ करोड रहने निगमले जनाएको छ ।
स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने नेपाल आयल निगमले बताएको छ ।