Breaking News

नेत्रृ रामकुमारी झांक्रलाई प्रहरीद्धारा सोधपुछका लागि बोलाइयो

२९ माघ, काठमाडौं । नेकपा प्रचण्डमाधव समूहकी नेत्रृ रामकुमारी झांक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले सोधपुछका लागि बोलाएको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएको स्वीकार गरे । तर झांक्रीले आउन अस्वीकार गरेकी छन् ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।