प्रधानमन्त्री ओली कान्तिपथबाट सिंधै सितल निवासमा

२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा छलफल र निर्देशन पछि सिधै राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न सितल निवास गएका छन् । प्रधानमन्त्री र राष्ट्रपति बीच भेट बार्ता भएको छ ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन प्रधानमन्त्री ओली शितल निवास गएका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको थियो ।