२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनसंगै दुई धारमा बिभाजित भएको नेकपा प्रचण्ड–माधव समूहले दोस्रो चरणको आन्दोलन अन्तर्गत भोलि माघ २८ गते काठमाडौंमा प्रदर्शन गर्न लागेको नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले जुलुसहरू हुने स्थानमा पार्टीका नेताहरू खटाएको छ ।
पार्टीको निर्णयअनुसार पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरुको नेतृत्वमा जुलुस निकालिने नेकपाले जानकारी दिएको छ ।
पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नेछन् ।
त्यस्तै त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाललगायत नेतालाई जिम्मेवारी दिइएको छ ।