२७ माघ, काठमाण्डौ । नेकपा प्रचण्ड माधव पक्षले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । बैठकमा आन्दोलनको समीक्षाका साथै र भोलि प्रतिगमनका विरुद्ध आयोजना गरिएको बृहत विरोध सभाबारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा प्रचण्ड माधव पक्षले त्यसलाई प्रतिगमन भन्दै संघर्ष गरिरहेको छ । भोलीको विरोध सभामा नेकपाले २ लाख मानिस उतार्ने र अहिलेसम्मकै विशाल जनसभा भनेको छ । नेकपा विभाजित बनेसँगै तत्कालीन सचिवालयका ९ सदस्यमध्ये दुवै पक्षमा चार-चार जना छन् भने वामदेव गौतमले कित्ता छुट्टयाएका छैनन् ।