ओम्नी ग्रुपलाई कारवाही सहित धरौटी बापतकोे रकम जफल

कदर समाचार
चैत्र १९, काठमाडौं । हालै मात्र सरकारले कोरोना संक्रमण रोक्न चीनबाट स्वास्थ्य सामग्री खरिद तथा आपूर्तिका लागि ओम्नी गु्रपसँग गरिएको ठक्का सम्झौता रद्द गरेको छ । कोरोना संक्रमण रोक्न आवश्यक स्वास्थ्य सामाग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले ओम्नी समूहसँग एक अर्ब २४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
उक्त समूहसँगको ठेक्का विवादमा परेको थियो । ठेक्का सम्झौता तोडिएको जानकारी आज बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले दिएका छन् ।
सो कम्पनीको धरौटी बापत राखेको रकम ५ करोज रकम समेत जफत गरी कालोसूचिमा राख्ने प्रक्रिया अधि बढिसक्यो,’ महानिर्देशक श्रेष्ठले नियमित पत्रकार सम्मेलनमा भने, ‘उसले निर्धारित समयमा भनेबमोजिम सामान ल्याउन सकेन । उनका अनुसार ओम्नीले १० प्रतिशत मात्रै सामना ल्याएको बताएका थिए ।