२६ माघ, काठमाडौं । आज मुुलुकभरमा १३० जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३३३ जनामा गरिएको परीक्षणमा ६९ पुरुष र ६० महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमध्ये ४५ जना काठमाडौंका, १८ जना कास्कीका, चितवन र ललितपुरका ११–११ जना र बाँकेमा १२ जना भेटिएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । जसमध्ये २ लाख ६८ हजार २६६ जना संक्रमणमुक्त भएका छन् भने २०४५ जनाको मृत्यु भएको छ । हाल १७४४ जना आइसोलेसनमा उपचाररत छन् । काठमाडौं उपत्यकामा मात्र सक्रिय संक्रमितको संख्या ११२० रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १९४ रहेको छ भने ५ जनाको मृत्यु भएको छ ।