Breaking News

पत्रकारलाई कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप

गएको माघ १४ गतेबाट सुरु भएको कोरोना भाइरस कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत आजबाट पत्रकार, यूएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरेको छ ।

काठमाडौंमा निजामति कर्मचारी अस्पतालमा पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाइएको छ ।

पत्रकारहरुलाई सरकारले खोप उपलब्ध गराउनु सकारात्मक भन्दै यसलाई विरोधको रुपमा नलिई सबै पत्रकारले खोप लगाउनुपर्ने खोप लगाउन अस्पताल पुगेका पत्रकारहरुको बताएका छन् ।