Breaking News

शिक्षक र बुद्धिजीवीसँग केपी ओली तर्सन्छन : अध्यक्ष्य प्रचण्ड

२६ काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली शिक्षक तथा वुद्धिजीविहरूसँग तर्संने बताएका छन् ।
प्रधानमन्त्री ओलीले आफूले जे भन्यो त्यही मान्ने हनुमान र अन्धभक्त मात्रै मन पराउने पनि प्रचण्डको आरोप छ ।
शिक्षकहरूलाई विचार र राजनीतिबाट अलग राख्नुपर्छ भनेर विगतमा प्रधानमन्त्री ओलीले शिक्षक संगठन एकीकृत गर्न नदिएको उनको भनाइ थियो ।
आज काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको पहिलो राष्ट्रिय परिषद भेलामा बोलेका प्रचण्डले प्रतिगमनको वकालत गरेकोले ओलीसँग हार्नेबाहेक अरू विकल्प नरहेको पनि दाबी गरेका छन ्।
उहाँलाई आफूले जे भन्यो त्यही मान्ने हनुमान चाहिएको हो। शिक्षकहरू क्रान्तिकारी हुन्छन्, उनले भने, शिक्षक र वुद्धिजीविदेखि ओली तर्संन्छन् ।

विगतमा ओलीले शिक्षकहरूको औपचारिक संगठन बनाउन हुन्न भने पनि अहिले धमाधम शिक्षक राखेर केन्द्रीय समिति विस्तार गरेकोले त्यो ठगी कुरा मात्रै भएको पुष्टि भइसकेको प्रचण्डको भनाइ थियो।
शिक्षकहरूलाई विचार र राजनीतिबाट अलग राख्नुपर्ने हुन्छ, शिक्षकहरूको औपचारिक संगठन बनाउन हुँदैन । शिक्षकहरूलाई पार्टीको कुनै पदमा राख्न हुँदैन भन्ने सोचका प्रवक्ता केपी ओली नै हो, उनले भने, तर त्यो ठगीवाला कुरा थियो। उहाँको त्यो साँचै कुरा थियो भने अहिले केन्द्रिय समितिमा म्यादी प्रहरीजसरी शिक्षक भर्ती गरिरहेका छन् ।

अध्यक्ष्य प्रचण्ड