Breaking News

मदन भण्डारी हत्यामा ओलीबारे हल्ला फिँजाइयो, नेतृत्वमा माधव पनि थिए

२६ माघ, धनगढी । नेपाल कम्युष्टि पार्टी(नेकपा) ओली समूहका नेता लेखराज भठ्ठले मदन भण्डारीको हत्यामा जोडिएका अमर लामाको मृत्युबारे धेरै रहस्य रहेको बताएका छन् ।
ओली निकट प्रेस संगठन नेपालको सुदूरपश्चिम प्रदेश भेलामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भठ्ठले दरबार हत्याकाण्डको प्रतिवेदन जस्तै अमर लामा मारिएको प्रतिवेदन पनि सार्वजनिक नभएको बताए ।
मदन भण्डारीको हत्यामा कहिँ न कहिँ षड्यन्त्रमा केपी ओलीको छ भनेर बाहिर हल्ला फिजाइएको थियो । पछि बुझ्दै जाँदा त त्यतिखेर नेतृत्वमा त माधव नेपाल हुनुहुने रहेँछ, उनले भने ।
भट्टले मदन भण्डारी हत्यासँग जोडिएका अमर लामाको मृत्यु पनि रहस्यमय रहेको बताए ।
अमर लामाको चाहिँ हत्या कसरी भयो ? त्यसमा खासै कुरा बाहिर आएको छैन । मदन भण्डारीसँगै भएको जिवित मान्छे अमर लामा थिए । पछि उनलाई हाम्रै माओवादी साथीहरुले समाते । भाग्न खोज्दा म¥यो भनेको छ । मारियो । तर, यथार्थ के हो अहिले पनि आएको छैन उनले भने ।
पार्टी विभाजनमा ओली नभएर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको दोष रहेको बताउँदै भठ्ठले मदन भण्डारी हत्या प्रसंग निकालेका थिए ।
भठ्ठले नेकपा विभाजन हुनुमा नारायणकाजी श्रेष्ठको मूख्य भूमिका रहेको पनि आरोप लगाए । अहिले जुन फुट पैदा भएको छ । सकुनी भनेपनि हुन्छ, नारायणकाजीको महत्वपूर्ण भूमिका छ । उनी यस्तो खेलमा निकै पारखी छन्’, भठ्ठले भने ।
गएको निर्वाचनमा रेमश चौधरीलाई पनि जिताएको बताउँदै भट्टले आगामी निर्वाचनको माहोल बनाउन सञ्चारकर्मीहरुसँग आग्रह पनि गरे ।

 

लेखराज भठ्ठ