Breaking News

ओलीको पार्टीमा मार्क्सवादको ठाउँमा मासुभात चल्न थाल्यो : रघुजी पन्त

२६ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले माघ २८ मा राजधानीमा हुने जनप्रदर्शनमा मार्क्सवाद मान्नेहरु ल्याउने बताएका छन् । यो समूहले गर्दै आएको नियमित फेसबुक सम्वादमा पन्तले जनप्रदर्शनमा कार्यकर्तालाई मासुभात खुवाउन नल्याइने बताए ।
‘यो सत्ता र शक्तिको दुरुपयोग गरेर गर्न लागिएको जनप्रदर्शन होइन । हामीले मार्क्सवाद मान्नेहरुलाई ल्याउने हो, मासुभात खुवाउन ल्याउने होइन’, पन्तले भने । तर, ओली समूहमा भने मार्क्सवादको ठाउँमा मासुभात चल्न थालेको उनले आरोप लगाए ।
हामी मार्क्सवाद चलाउछौं, विचारको राजनीति, सिद्धान्तको राजनीति, कार्यक्रमको राजनीतिलाई अगाडी बढाउन चाहन्छौं’, पन्तले भने ।अहिले भइरहेको आन्दोलन लोकतन्त्र, गणतन्त्र र संविधान बचाउँन गरिएको पनि उनले बताए । तर, जनप्रदर्शन कसैलाई धम्क्याउनका लागि नगरिएको उनले बताए । ‘प्रतिवद्धताको आन्दोलन हो । हाम्रो प्रदर्शन कसैलाई धम्क्याउन होइन’, पन्तले भने ।अब बन्द हड्तालको आन्दोलन नहुने पनि उनले बताए । तर, लाखौं मानिस सडकमा आएपछि आफैं हड्ताल हुने पन्तले बताए । ‘बन्द रहर होइन, बन्द बाध्यता हो । यो त गर्नु हुदैन । आम हड्तालको विरोधी मान्छे हो । आन्दोलन बढ्दै गएपछि आफै हड्ताल हुन्छ’, पन्तले भने ।

 

रघुजी पन्त