Breaking News

संसद विघटन मुद्दामा भोलि बहस नहुने

२६ काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा मंगलबार बहस नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश इन्द्र पाण्डको शोकमा मंगलबार इजलास नबस्ने बताए ।

अब संसद विघटन मुद्दामा माघ २८ गते बहस हुनेछ । संसद विघटन मुद्दामा केही दिनयता प्रधानमन्त्रीको निजी कानुन व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन् । त्यसकारण उक्त बिघटन मुद्दामा भोली बहस नहुने भएको छ