प्रतिनिधिसभा विघटन मुद्दामा ३० गतेसम्म सबैको बहस सक्नुपर्छ्र : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा

२५ काठमाण्डौँ ।आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटन मुद्दामा ३० गतेभित्र सबैको बहस सक्नु पर्ने बताएका छन् ।
संवैधानिक इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दामा आइतबार सरकारी वकिलको बहस सकिएको छ । अब प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र सर्वोच्चले गठन गरेको एमिकस क्युरीका वकिलहरुको बहस र रिट निवेदकका वकिलहरुको जवाफी बहस बाँकी छ ।
आज सरकारी वकिलको बहस सकिएपछि सुनुवाइमा प्रधानमन्त्री ओलीका निजी वकिल रमेश बडाल बहसका लागि उभिएका थिए । प्रधानन्यायाधीश राणाले सुरुमा उनलाई २० मिनेट समय दिएका थिए । तोकिएको समयमा बडालको बहस नसकिएपछि १० मिनेट समय थपिएको थियो ।
यो मुद्दामा धेरै समय खाइसक्यो। ३० गतेसम्म सबै बहस सक्नुपर्छ । राणाले इजलासमा भने । संवैधानिक इजलासमा पुस २१ गते निरन्तर सुनुवाइ भइरहेको छ । सुरुमा वकिलहरुलाई समय नतोकिए पनि पछिल्लो समय वकिलहरुलाई बहसको समय तोकिन थालेको थियो ।