सुखी नेपाली, सम्बृद्ध नेपाल मैले तयार गरेको नारा हो : पुर्वप्रधानमन्त्री झलनाथ खनाल

२५ काठमाण्डौँ । नेकपा वरिष्ठ नेता झलनाथ खनालले सुखी नेपाली समृद्ध नेपालको नारा आफूले तय गरेको बताएका छन् ।
२०७१ को असारमा काठमाडौंको भृकुटी मण्डपमा भएको तत्कालिन नेकपा एमालेको नवौं महाधिवशेनमा आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमा यो विषय उल्लेख गरेको खनालले दाबी गरे ।
नवौं महाधिवेशनको राजनीतिक दस्तावेज मैले नै लेखेको हुँ । कम्युनिष्ट आन्दोलन सुरु भएको ७० वर्ष पुग्न लाग्दै गर्दा अबको नारा के तय गर्ने भन्ने मलाई लागेको थियो, उनले भने, जनवादी क्रान्ति सम्पन्न भइसकेको अवस्था छ । त्यसैले अब कम्युनिष्ट पार्टी स्थापनाको शताब्दी पुग्दा सुखी नेपाली, समृद्ध नेपालीको एजेण्डा लिएर त्यसलाई सम्पन्न गर्नुपर्छ भनेर यो नारा तय भएको हो ।
२०६५ सालमा बुटवलमा भएको आठौं महाधिवेशनमा तत्कालिन एमालेको अध्यक्षमा निर्वाचित खनालले नवौं महाधिवेशनका लागि तयार पारेको राजनीतिक दस्तावेजमा यो नाराले ठाउँ पाएको थियो ।
आठौं महाधिवेशनमा ओलीलाई हराएका खनाल नवौं महाधिवेशनमा ओली अध्यक्षमा निर्वचित हुँदा तटस्थ बसेका थिए।नवौं महाधिवेशनले तय गरेको सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई पार्टी एकतापछि पनि निरन्तरता दिइएको खनालले बताए ।
२०७५ साल जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो । पार्टीभित्रको विवाद बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते असंवैधानिक रुपमा प्रतिनिधि सभाको विघटन गरिदिएका छन ्।
प्रतिनिधिसभा विघटनपछि ओलीलाई बहुमत केन्द्रीय सदस्यको बैठकले पार्टीबाट निश्कासन गरेको छ । ओलीको ठाउँमा वरिष्ठ नेता माधव नेपाल अध्यक्ष बनेका छन् । वरिष्ठ नेता खनाल प्रचण्ड(नेपाल नेतृत्वको नेकपामा आवद्ध छन ्।
ओलीले सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई भाषणमा भने पनि ब्यवहारमा भने लागू नगरेको खनालको आरोप छ ।