सांझपख खाली चौरमा लिएर बलात्कार

कदर समाचार
चैत्र १८,ललितपुर । मुलुकमा कोरोना भाइरसको महामारी फैलिएको मौका छोपी एक जना नरपिचासुले ललितपुरमा एक १८ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङ दङगिशरण गाउँपालिका–३ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र सोही ठाउँ बस्ने निरज चौधरी रहेको प्रहरीले जनाएको छ । ती किशोरीलाई साँझ पख महालक्ष्मी नगरपालिका–९ लामाटारचोकस्थित खाली जग्गामा जबरजस्ती करणी गरेको सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो