लकडाउनमा घरमै चार वटा फिल्म

कदर समाचार
चैत्र १८, काठमाण्डौ । कोरोना भाइरसका कारणले लकडाउनमा घरमा बसेका सर्वसाधारणलाई समय बिताउन सजिलो होस् भनेर फिल्म सम्बन्धी गतिबिधि संचालन गर्दै आएको टिभी ‘टिभी फिल्मी’ले दैनिक ४ नेपाली फिल्म प्रसारण गर्ने भएको
छ ।
‘टिभी फिल्मी’ले १३ गते अर्थात आजबाट दैनिक ४ फिल्म प्रसारण गर्न लागेको हो । कोरोना भाइरसको संक्रमणबाट बच्न राज्यले गरेको लकडाउनमा घरमा बसेकाहरुले मनोरञ्जन गर्दै समय पास गर्न सजिलो होस् भनेर दैनिक ४ फरक फरक फिल्म देखाउन लागेको टिभी फिल्मीका स्टेशन मेनेजर बिष्णु सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार बिहान ६ः३०, बिहान १० बजे, दिनको १ः३० र राती ८ बजे फिल्म प्रसारण हुनेछ ।
इन्टरनेटको खपत बढेको समयमा इन्टरनेट स्लो भएकोले फिल्म हेर्न निकै कठिन पर्न गएको समयमा टिभीबाट फिल्म हेर्नु सबैका लागि उपयुक्त माध्यम हुनेछ ।
टिमी फिल्मले कुन कुन फिल्म प्रसारण गर्ने भने जानकारी दिएको छैन । श्याटेलाइट प्रसारणबाट देशभर प्रसारण हुँदै आएको यो टिभीले आफ्नो प्रसारण अहिले एचडी फर्मामेटमा प्रसारण समेत तयारी गरेको छ ।
टिभी फिल्मीले अहिलेलाई सरकारले घोषणा गरेको लकडाउन अवधिभर ४ फिल्म प्रसारण गर्न लागेको हो ।