पानी घट्टमा लगेर बलात्कार

कदर समाचार
चैत्र १८, मुगु । देशमा कोरोना भाइरसले त्रास लिइरहेको अवस्थामा लकडाउनको मौका छोपी मुगुमा एक १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खत्याड गाउँपालिका–४ जिउका बस्ने २० वर्षीय धर्मराज रावललाई प्रहरीले पक्राउ गरेको छ ।
१३ बर्षे किशोरीलाई सोही ठाउँस्थित पानीबाट चल्ने घट्टमा लगेर जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरी चौकी माझचौरबाट खटिएको प्रहरीले रावललाई पक्राउ गरेको बुझिएको छ ।