Breaking News

‘सरकारको प्रतिरक्षा गर्ने दायित्व महान्यायाधिवक्ताको संवैधानिक दायित्व हो

१९ माघ, काठमाडौं । प्रतिनिभिसधा बिघठन विरुद्ध परेको रिटमा आजबाट सरकार पक्षबाट बहस हुने अनुसार महान्यायाधिवक्ता अग्नी प्रसाद खरेलले बहस गरेका छन् । उनले भने, महान्यायाधिवक्ता भएकाले खरेल प्रतिनिधिसभा विघटनको बचाउ गर्नुपर्ने भएको छ । रिट निवेदकको तर्फबाट बहस गर्ने कतिपयले खरेलले कसरी बहस गर्नुहोला भनेर समेत प्रश्न उठाएका थिए ।

आज सोमबारबाट बहस सुरु गर्दैगर्दा महान्यायाधिवक्ता खरेलले त्यसको जवाफ दिएका छन् । उनले भने, ‘सरकारको प्रतिरक्षा गर्ने दायित्व महान्यायाधिवक्ताको संवैधानिक दायित्व हो । यो भूमिका मैले निभाउनुपर्छ, संवैधानिक दायित्वबाट पन्छिन मिल्दैन ।

अघि भने, ‘मेरो विषयमा विद्वानहरूले प्रश्न उठाउनु भयो, चिन्ता गर्नुभयो । कसरी बहस गर्ला भन्नुभयो । संविधानसभाका एउटा सदस्य सपना (मल्ल प्रधान) श्रीमानलाई पनि कोट्याउनु भयो । के मेरा अभिव्यक्ति विवादास्पद थिए ? यो मुद्दा प्रभावित पार्ने खालका थिए ?’

महान्यायाधिवक्ता, अग्नी खरेल