काभ्रेको वीपी लोकमार्गमा जिप दुर्घटना हुँदा १० जना घाइते

१८ माघ, काठमाण्डौ । काभ्रेको नमोबुद्ध नगरपालिका–२स्थित वीपी लोकमार्गमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण काभ्रेका अनुसार काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको ज १ ज २३३ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको ००१ प ९७४५ नम्बरको मोटरसाइकल आइतबार दिउँसो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । उक्त जिप सडकबाट करिब ८० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी जिपका चालक, सहचालकसहित ८ जना र मोटरसाइकलमा सवार २ जना घाइते भएको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका १० जनाको एपीएफ टोलीले उद्धार गरी उपचारका लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ ।