पचालझरनाको सेवा प्रवाह आफ्नै भवनबाट हुने

१८ माघ, कालिकोट । पचालझरना गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा दिने संचालन गर्ने भएको छ ।गाउँपालिकाको केन्द्र पर्णेच्क्षामा आफ्नै नयाँ भवनको निर्माण गरी अनौपचारीक रुपमा सेवा दिन सुरु गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका का अध्यक्ष खड्कराज सेजुवालका अनुसार, फाल्गुण १ गते जनयुद्ध दिवशका दिनमा औपचारीक कार्यक्रमका विच नयाँ भवनको उद्घघाटन गरी गाउँपालिकाका सवै सेवा दिने जानकारी दिएका छन् । अहिले अनौपचारीक रुपमा सेवा सहजका लागी सेवा दिइरहेको भएपनि औपचारीक रुपमा सेवा दिएको छैन ।
अध्यक्ष सेजुवालका अनुसार संघीयताको विधि र मर्म अनुसार , गाउँपालिकाको केन्द्र पर्णेक्षा चौरमा हुने निर्णय भएपछि भवन निर्माण सुरु गरिएको थियो । निर्णय अनुसार नै आफुहरु रहेकाले केन्द्र बाटै सेवा दिने बताए । सम्भवत पालिकाको केन्द्रमा आफ्नै भवन बनाएर सेवा दिने स्थानिय तह जिल्लाकै पहिलो पनि हो । अहिले यहाँका स्थानिय सरकार साविकका गाउँविकास समितीका भवनमा सेवा दिइरहेका छन ।

गाउँपालिकाको केन्द्र पर्णेक्षामा बनेको नयाँ भवनमा १० वटा कोठा, महिला विकास, कृर्षि शाखाको लागी सेवा दिन सक्ने गरी निर्माण भएका छन् । अझै सेवालाई सहज बनाउन अरु भवनहरु पनि बन्ने अध्यक्ष सेजुवालको भनाई रहेको छ । अहिले अस्थायी काम चलाउका लागि टहरा मात्र हो, नयाँ पक्कि भवनका लागी गाउँपालिकाले एक करोड बजेट छुटाईसकेको छ । कतैबाट बजेट आयो भने, गाउँपालिकाको बजेटमा थपेर पक्कि भवन बनाउने निर्णय भएको
छ । भवनको डिपिआर समेत भईसकेको छ, अध्यक्ष सेजुवालले हाम्रा कालिकोट संवादाता मार्फत् कदरन्यूजलाई बताउनु भएको छ ।

गाउँपालिकाको केन्द्रमा सडक संञ्जाल देखी विजुली बत्ती पुगिसकेकाले सेवा प्रवाहमा सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवज्वोती पौड्यालले बताए । नागरीकलाई सहज रुपमा सेवा दिनका लागी भएपनि तोकिएको केन्द्रमा सेवा दिन सुरु हुने उनले बताए ।