लामो समयपछि दरबार हाइस्कुलमा पठनपाठन सुरु

 

१८ माघ, काठमाडौँ । राजधानीको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल मा आइतबारदेखि विद्यार्थीको पुर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई विदर्याथीको पठनपाठन सुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आइतबारदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन सुरु गरिएको हो ।
नयाँ भवन विद्यालयलाई हस्तान्तरण भइसक्दा पनि कारोना महामारीका कारण शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ हुन सकेको थिएन । एक हप्ताअघि नै काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै विद्यालय खोल्नका लागि अनुमति दिए पनि व्यवस्थापनका केही काम बाँकी हुनाले आइतबारदेखि विद्यालय सञ्चालन गर्न लागिएको वडा नम्बर २७ का एकजना सदस्यले भने ।
जुन विद्यालयमा अहिले ३१२ जना विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । यस विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ८० जना मात्र विद्यार्थी थिए ।
भूकम्पका कारण पूर्णरुपमा क्षती भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भए पनि यसको स्वरुप पहिलको जस्तै देखिन्छ । नौ रोपनी जमीनमा निर्माण गरिएको सो विद्यालय भवन चार तले छ र यसमा ६० वटा कक्षा कोठा रहेका छन् ।
नेपाल सरकारले उपत्यकाका महत्वपूर्ण प्राकृतिक र साँस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको यस ऐतिहासिक स्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् ।
राजा महाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी स्थापना गरिएको थियो । विसं १९५७ मा देवशम्शेर प्रधानमन्त्री भएपछि दरबार स्कुलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था भएको हो ।