करेन्ट लागेर एकजना युवकको मृत्यु

१८ माघ, सप्तरी ।आज बिहान सप्तरी राजविराज राजविराज नगरपालिका(४) स्थित मा करेन्ट लागेर एकजना युवकको को मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका(४) स्थित मोबाइल पसल सञ्चालन गरी बस्ने २२ वर्षीय मोहित साह रहेका छन् ।

शनिबार राति आफनै पसलमा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।