कर्णालीमा आयुर्वेद सेवा लिनेको संख्यामा वृद्धि

१८आइतबार सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आर्युवेधिक औषधीको माग नहुँदा मान्छेले आयुर्वेदिक औषधिमा विश्वास मान्नै छाडिसकेका थिए । जब, नेपालमा कोरोनाभाईरस (कोभिड–१९)को प्रकोप सुरु भयो, तब आयुर्वेदिक औषधितर्फ एकाएक मान्छेहरु आकर्षित हुन थाले ।

.कालिकोटको पचाल गाउँपालिका–३ का तुलराज कठायत जडीबुटीकै खेती गर्छन् । विगत लामो समयदेखि उनी एउटा जडीबुटी प्रशोधन नामक संस्था स्थापना गरी जडीबुटीकै औषधिको कारोबार गर्छन् । उनी भन्छन्, यो सरकारले आयुर्वेद विज्ञानलाई हेला गरिरहेको छ । जबकि यसबाटै कर्णालीको आर्थिक समृद्धिको बाटो खुल्न सक्छ ।’
आजभोलि जडीबुटीबाट बनेको औषधिको विश्वास मान्नेहरुको संख्यामा अत्यधिक वृद्धि भएको पाइन्छ । जडीबुटीबाट बनेको औषधिले शरीरलाई राम्रो गर्ने र अन्य असर पनि खासै नगर्ने भएकाले पनि होला कर्णाली प्रदेशमा आयुर्वेद सेवा लिनेको संख्यामा निकै वृद्धि भईरहेको छ । विगतको तुलनामा आयुर्वेदसम्बन्धी जानकारी तथा सेवा लिनेहरुको संख्यामा वृद्धि भएको प्रदेश आयुर्वेद औषधालयको तथ्यांकले देखाएको छ ।
कोभिडको आतंक, डरत्रासलाई न्यूनिकरण गर्न आयुर्वेदतर्फको जडीबुटीको सेवन गर्ने योग ध्यान जीवनशैली परिवर्तन र मनोसामाजिक परामर्श गर्ने काम गरिएको प्रमुख डाक्टर रिजाल बताउँछन् । गत आर्थिक वर्षमा ३ हजार ४७ नागरिकलाई यस प्रकारको काउन्सिलिङ गरिएको छ ।
कोरोनाका बिरामीलाई फाइदा हुने खालका गुर्जो, अमलालगायतका आयुर्वेदिक औषधिहरु निःशुल्क वितरण गर्ने काम भएको औषधालयले जनाएको छ । रिजाल विगतको तुलनामा अहिले आयुर्वेदको सेवा प्रवाह पनि बढेको बताउँछन् ।
कस्ता सेवाहरु पाइन्छ ?
हाल औषधालयले निःशुल्क ओपिडी सेवा, निःशुल्क औषधि वितरण, प्रयोगशाला सेवा, पञ्चकर्म सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य रक्षा कार्यक्रम, स्तनपायी आमाका लागि निःशुल्क औषधिका रुपमा शतावरी र दशमुलारिष्ठ वितरण गरिरहेको छ ।
.सरकारले जडीबुटी प्रशोधन र व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
हुन त कर्णालीका सबै क्षेत्रका नागरिक स्वास्थ्य सेवाको पहुँचमा पनि छैनन् । सो क्षेत्रका नागरिकहरु अझै पनि जडीबुटीको प्रयोगबाटै रोग निको पार्छन् । यद्यपि, सरकारले भने आयुर्वेद क्षेत्रलाई उपेक्षा गरिरहेको कर्णालीका आयुर्वेद चिकित्सकहरु बताउँछन् ।
प्रमुख आयुर्वेद चिकित्सक रिजालका अनुसार अहिले सुर्खेतमा रहेको प्रादेशिक कार्यालयबाहेक अन्य जिल्ला शाखामा व्यवस्थित सेवा छैन । विगतमा जिल्लामा रहेका कार्यालयहरुलाई शाखाका रुपमा परिणत गरिए पनि सेवा प्रवाहमा समस्या रहेको उनको भनाइ छ । प्रदेश सरकारले यसतर्फ ध्यान दिन नसकेको उनले बताए ।
जडीबुटी प्रशोधनको सम्भावना
पूर्व वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशलाई जडीबुटीको हब’का रुपमा विकास गर्ने गरी योजना निर्माणमा जुटेको बताउँदै आएका थिए । उनले कर्णालीकाजिल्लाहरुमा जडीबुटी खेती तथा प्रशोधन केन्द्र मार्फत रोजगारीका अवसर सिर्जना गर्ने आश्वासन दिएका थिए ।