१६ माघ, विराटनगर । आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा
) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको बताउँदै उनले आवस्यकता परे संसद बैठक बस्न सक्ने बताएका छन ।
संविधानले हामीलाई बैठक बस्ने अधिकार दिएको छ, केपी ओलीलाई विघटन गर्ने अधिकार दिएको छैन् । उनले भने, जरुरी परे संसद बैठक बसेर ओलीमाथि कारबाही गर्न सकिन्छ ।
सर्वोच्चले पक्कैपनि संविधान र लोकतन्त्रको भावना अनुसार गर्छ भनेर भरोसा गरेर बसेका छौं । उनले अघि भने जरुरी परे विकल्प जनतासँग छ ।
उनले संसद् नभई ओलीको सरकार चाहिँ भंग भएको बताउँदै सर्वोच्चले सही फैसला गर्छ भन्नेमा आफूहरु विश्वस्त रहेको बताए ।
प्रचण्डले नेपालमा धेरै संविधान बनेपनि २०७२ सालमा बनेको संविधान विषेश भएको बताए ।
संविधान त २००४ सालदेखि नै बन्दै आएको हो । सबैमा राजा महाराजाको अधिनमा रहने उल्लेख थियो,’ उनले भने, नयाँ संविधान सार्वभौम जनताको प्रतिनिधिले बनाएका हुन् ।प्रतिक्रियावादी एजेन्टको बलमा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधानमाथि नै प्रहार गरेको उनले बताए । ओलीले मात्रै संसद् भंग गरेनन् । प्रचण्डले भने । ओली खलनायक भएर निस्किनुभयो । उहाँ प्रतिक्रान्तिहरुको गोटी बन्नुभयो ।
आफनै बलमा पार्टी एकता भएको बताउँदै उनले भने मेरै प्रस्तावमा पार्टी एकता भएको हो । तर उहाँ बेइमान निस्किनुभयो प्रचण्डले भने ।