१६ माघ, कालिकोट । पचालझरना गाउँपालिकाको कार्यालय पर्णेच्छामा सर्न लागेको छ । अहिले पचालझरना ४ वडास्थित जारकोटबाट नै गाउँपालिकाको काम काज भइरहेको थियो । यही फागुन १ गतेदेखी सुरुमा पालिकाको कार्यालय मात्र सर्न लागेको र बाँकी अरु कार्यालय विस्तारै पछि सारिने जानकारी पालिका प्रवक्ता तथा ४ वडा अध्यक्ष अनरुप रोकायाले कदर न्यूजलाई बताउनु भएको छ ।
प्रवक्ता रोकायाका पर्णेच्छामा पक्की ठूला घर निर्माण नभए पनि हाललाई कामचलाउ संरचना निर्माण गरेर पालिका कार्यालय, महिला कार्यालय र कृषि कार्यालयका भवन निर्माण भएको र अरु विस्तारै निर्माण गर्दै सर्ने तयारी हुने बताएका छन् ।
प्रवक्ता रोकायकाका अनुसार आगामी फागुन १ गतेबाट पालिकाको सबै कामकार्य पर्णेच्छा कार्यालयबाट नै हुने बताए । पालिकाको कार्यालय पर्णेच्छा सम्म सडक संजाल निर्माण भएपनि चार पांङ्ग्रे यातायाता जान सक्ने अवस्था नभएको तर मोटारसाईकल भने लाफाको झुलुङ्गे पुलबाट तरेर कार्यालयसम्मै जान सक्ने बताए । बिचमा कर्णाली नदी भएकाले नदी मा यातायात संचालनको लागि पक्की पुल नभएकाले हाललाई सोही झुलुङ्गे पुलबाट नै कार्यालय आवतजावत गरिने उनले बताए ।
प्रस्तावित पालिकाको ठाउँ पर्णेच्छामा कार्यालय सर्न लागेको तर यातायात र केही अरु असुविधा भए पनि त्यसको विस्तारविस्तार समाधान गर्दै लैजाने पनि बताए । त्यसका लागि पालिकाको टिम र अन्य सरोकारावाला सबै जनसमुदायहरु सँग छलफल, सहकार्य, सहमति र सल्लाहमै अगाडी बढ्ने प्रवक्ता रोकायाले बताउनु भयो ।