१६ माघ, विराटनगर । प्रधानमन्त्री ओलीले गएको पुस ५ गते प्रतिनिभिसभा बिघठन गरेपछि दुई धारमा बिभाजन भएको नेपा प्रचण्डमाधव समूहले प्रतिनिभिसभा बिघठनको विरोधमा देश व्यापी बिरोध र प्रदर्शन गर्ने क्रममा आज प्रदेश १ को राजधानी विराटनगरमा भएको सभामा बोल्ने क्रममा प्रचण्ड–माधव पक्षका अध्यक्ष ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली धूर्त र बेइमान रहेको बताएका छन् ।
‘केपी ओली बेइमान र धूर्त रहेछन् । उनका पछाडि हिजो गणतन्त्रका लागि लड्दा विपक्षमा रहेका राजा महाराजाहरु लागेका छन् । सामन्ती र दलाल पुँजीपतिहरु मात्रै लागेका छन् । देशलाई अध्याँरो सुरुङभित्र हाल्नमात्रै प्रतिनिधि सभा विघटन नगरेको भन्दै देश नै विघटन गर्ने योजनामा ओली लागेको बताए । उनले नेपाली जनता जागेको भन्दै ओलीको प्रतिगामी कदम अब धेरै दिन नटिक्ने घोषणा पनि गरे ।
प्रचण्डले नेकपा एकता घोषणा भएको तीन वर्ष नवित्दै आफैंले बनाएका प्रधानमन्त्रीविरुद्ध आन्दोलन गर्नुपरेको र त्यो नेपाली जनताको हितका लागि भएको पनि बताए । प्रचण्डले दुई पार्टी एकता गरेर आफुहरु समाजवादको आधार निर्माण गर्ने महान अभियानमा लागेपनि केपी ओली प्रतिगमनको गोटी बनेर संसद विघटन गर्नतिर लागेको बताए ।
नेकपाले गरेको संघर्ष कुनै प्रहसन देखाउन, कमेडी सुनाउन र उखान टुक्का भन्न नभएर देशमा उत्पन्न गम्भीर राजनीतिक संकट निवारणका लागि भएको प्रचण्डको भनाई थियो । जरुरी परे संसदको बैठक बसेर केपी ओली जस्ता अपराधीलाई कारवाही गर्न सकिने प्रचण्डको भनाई छ ।
उनले गिरिजाप्रसाद कोइराला निरंकुशताविरोधी आन्दोलनमा निडरताका साथ लागेकाले नै उहाँ महानायक बन्न सफल भएको भन्दै अब निरंकुशताका अगाडि आफु पनि अन्तिमसम्म लड्ने बताए । ओली पक्षले अहिले विभिन्न भ्रम फैलाएको र दिउँसै रात पार्न खोजे पनि त्यसमा विश्वास नगर्न प्रचण्डले कार्यकर्ताहरुलाई आग्रह गरे । ‘केपीका मान्छे सेटिङ भन्दै हिँडेका छन् । त्यो सेटिङलाई जनताले भत्काइदिन्छन् र जनताले सेटिङ गर्छन्’ अदालतलाई सम्मान गर्ने तर सबैभन्दा ठुलो अदालत जनता नै भएको प्रचण्डले बताए ।
अब आफ्नो गुमाउनु केही नरहेको भन्दै प्रचण्डले भने, ‘मैले त भने नि अब गुमाउन केही पनि बाँकी छैन । अबको वाँकी जीवन नेपाली जनतालाई हो, नेपाली युवाहरुलाई हो । सम्मृद्धि, रोजगारी र सम्मानका लागि हो ।