१६ माघ, काठमाण्डौ । प्रधानमन्त्री ओलीको प्रतिनिसिभा बिघठनको बिरोधमा नेकपा प्रचण्ड नेपाल समूहले आज प्रदेश १ को राजधानी बिराटनगरमा गरेको सभामा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली मुलुकमा विध्वंस मच्चाएर तमासा देखाउन तल्लीन रहेको आरोप लगाएका छन् ।
विरोधसभालाई सम्बोधन गर्दै नेपालले ओलीले गणतन्त्र, संघीयता र समानुपातिक प्रतिनिधित्वको संबैधानिक उपलब्धि भत्काउन खोजेर तमासा देखाएको बताएका हुन् । ‘उनी तमासा मात्रै देखाइरहेका छन्,’ नेपालले भने, ‘यो तमासा धेरै चल्ने छैन । अब ओली र उनको गुटमा मातम छाएको छ । उनको हाल ओरालो लागेको अवस्था भएको छ ।’
सहकर्मी नेतादेखि न्यायाधीश, पत्रकारदेखि नागरिक समाजसम्मको अपमान गरेर ओलीले आफूलाई राजनीतिक रुपमा तानाशाह सावित गरेको उनको आरोप थियो । ‘तर, अब देशव्यापी रुपमा उनका विरुद्ध उर्लेको जनलहरले त्यो तानाशाही ढाल्नेछ,’ उनले भने ‘सही र न्याय कहिले हारेको छैन । विचरा ओलीसँग कसरी हार्छ ?