नेपालभरमा थप १५७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि

१६ माघ, काठमाण्डौ । आज नेपालभरमा थप १५७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएका छन् ।

देशभरका प्रयोगशालामा ३ हजार २२१ जनाको परीक्षण गर्दा ५९ जना महिला र ९८ जना पुरुषमा संक्रमण पुष्टि भएको
हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ । उनीहरुमध्ये २ लाख ६५ हजार ६९८ जना संक्रमणमुक्त भएका छन् भने २०२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३ हजार २२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १ हजार २४९ जनाको होम आइसोलेसनमा छन् भने १४७ जनाको आईसीयू र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।