दर्शक र शुभचिँतक नै मेरो लागी संसार हुन

कदर समाचार
चैत्र १८, काठमाण्डौं । चलचित्र ‘रामकहानीमा’ एकसाथ काम गरेपछि नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई दर्शकले निकै रुचाए । उनीहरुलाई रियल लाइफमा पनि जोडी भएको हेर्न चाहने दर्शकको संख्या धेरै छ । चलचित्र बजारमा पुजा र आकाश मायामा रहेको चर्चा पनि चल्ने गर्दछ । तर, यो जोडीले अहिलेसम्म यो कुरा स्विकार भने गरेको छैन ।
लकडाउनको बेला घरमै बसिरहेकी नायिका पुजा शर्माले सामाजिक संजालमा शुभचिन्तकहरुले सोधेको प्रश्नको जवाफ दिएकी छिन ।
पुजाले प्रश्न सोध्न आगह गरेपछि उनका शुभचिन्तकहरुले उनलाई रमाइला प्रश्न सोधेका छन । एक शुभचिन्तकले उनलाई नायक आकाश श्रेष्ठसंग बिहे कहिले हुन्छ भनेर सोधेका छन । जसमा पुजाले आकाश मिल्ने साथी भएको जवाफ दिएकी छिन । तर, उनले आफुले बिहे गर्ने बताएकी छिन ।
पुजालाई शुभचिन्तकले मायामा हुनुहुन्छ हो भनेर सोध्दा उनले आफु सिंगल रहेको जवाफ दिएकी छिन । नायक पल शाह र प्रदीप खडकामध्ये को मनपर्छ भनेर सोधिएको एक प्रश्नमा पुजाले पल शाहको नाम लिएकी छिन । पुजाले शुभचिन्तकहरु आफना लागि यो संसार भएको जवाफ पनि दिएकी छिन ।