१६ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षका नेताहरुले दल दर्ता प्रक्रिया अगाडी बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छन ।
आयोगले दल दर्ता र निर्वाचनको तयारीको क्रममा हालसम्म भएका कामबारे छलफल गर्न नेकपाको दुवै समूहलाई बोलाएको थियो । तर प्रचण्ड–माधव नेपाल समूहका नेताहरु विशेस कार्यक्रमका लागि उपत्यका बाहिर भएकाले माघ १८ गतेपछि मात्र छलफलमा आउन सक्ने लिखित विज्ञयप्ती मार्फत जानकारी दिएका छन ।
ओली समूहका नेता विष्णु पौडेल, सुवास नेम्वाँग लगायतका नेताहरुले भने आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् । सर्वोच्च अदालतले अन्तरिम
आदेश जारी नगरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने नेताहरुले बताएका छन ।
आयोगले दुवै समूहलाई मान्यता नदिएको अवस्थामा दल दर्ता कसरी हुन्छ भन्ने प्रश्नमा नेम्वा्ँगले भने आधिकारिताबारे आयोगले टुंगो लगाइसकेको छ । त्यसैअनुसार अगाडि बढेका छौं । केही साथीहरुलाई हामी आधिकारिक हौं भन्ने लागेको छ । अब दल दर्ताको प्रक्रियामा जानुपर्छ, निर्वाचनबाट सबै टुंगो हुन्छ उहाँले भन्नु भयो ।