Breaking News

निर्वाचनलाई कसैले रोक्न सक्दैन : मन्त्री श्रेष्ठ

१६ माघ काठमाडौं । वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कसैले पनि रोक्न नसक्ने बताउनु भ

एको छ । आज काठमाडौं महानगरपालिका–१४ खड्का गाउँमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।
सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँ गाउँमा चुनाव प्रचारमा लागिसकेको जिकिर गर्दै उनले अब मुलुक चुनावतर्फ लागिसकेका दाबी गनुभयो । उनले यो सरकारले दर्जनौ गौरबका योजना सम्पन्न गर्दा पनि काम गर्न नसकेको आरोप लगाउनु मुर्खता भएको बताउँदै अधिकांश आयोजना यही सरकारले पुरा गरेका बताउनु भया । उनले मुलुकलाई थप विकासको गतिमा लैजान निर्वाचन अपरिहार्य भएकोले सरकारले आगामी वर्ष बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिसकेको पनि जिकिर गनुभयो । उनले देशका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये आफनो क्षेत्रमा विकासको लहर ल्याउन सफल भएको दाबी गर्दै उनलेभने मैले गरेको विकास मेरो पार्टीको लागि मात्रै होइन, सबै जनता सबै पार्टी र मेरो निर्वाचन क्षेत्रको लागि हो ।
उनले करिब साढे २ वर्षको अवधिमा आफुले बलम्बुदेखि दहचोक, रामकोटदेखि भीमढुंगा लगायत सबै क्षेत्रमा विकासका दर्जनौ योजना सम्पन्न हुने कार्य भैरहेको जानकारी मन्त्रि श्रेष्ठले भन्नुभयो ।