१६ माघ काठमाडौं । आज नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज केन्द्रिय राजधानी समेत रहेको काठमाडौंमा स्थित शान्ति बाटिकामा प्रदर्शन सभा गर्न लागेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेपाली कांग्रेस पनि आन्दोलनमा छन ।
शुक्रबार दिउँसो १ बजे प्रदर्शनसहित शान्ति बाटिकामा कांग्रेसले प्रदशर्न सभा गर्न लागेको छन ।
उक्त सभालाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरु गगन थापा, पुष्पा भुसाल, प्रदीप पौडेल, उमाकान्त चौधरी, शिव हुमागाईं, भीमसेनदास प्रधान, सबुजकृष्ण बानियाँलगाएतका विभिन्न नेताहरुले बोल्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ ।
प्रधानमन्त्री ओलीले असंवैधानिक तथा अलोकतान्त्रिक तवरले प्रतिनिधि सभा विघटन गरेकोले उक्त कदम सच्चिनुपर्ने कांग्रेस नेताहरूले बताउँदै आएका छन्।
प्रतिनिधि सभा विघटन मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।