१६ माघ काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछी प्रतिगमनविरुद्ध प्रचण्ड-माधब नेपाल समूहले आज विराटनगरमा विरोधसभा गर्ने भएका छन ।
शुक्रबार जनआन्दोलन चोकमा आयोजना गरिएको विरोधसभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माधवकुमार नेपाल, झलनाथ खनाल, योगेश भटृराईल लगायतका नेताहरुको सहभागिता भई सम्बोधन गर्दैछन ्।
प्रदेश नम्बर १ कमिटीको आयोजनामा हुन लागेको उक्त विरोध सभा कार्यक्रममा ५० हजार जनशक्ति उपस्थिती गराउने दाबी समेत प्रचण्ड(नेपाल समूहको रहेको छ ।
विरोधसभामा सहभागी हुन वरिष्ठ नेता नेपाल र खनाल बिहीबार साँझ नै विराटनगर पुगी सकेका छन ्। प्रचण्ड लगायत अन्य नेताहरु भने अहिले विराटनगर जाँदैछन ्।
विरोध प्रदर्शनअघि बिहीबार साँझ नेकपाले मसालजुलुस समेत निकालेको थियो ।
प्रधानमन्त्री केपीशर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड(नेपाल समूह आन्दोलनमा उत्रिएका हुन ।