१५ माघ, काठमाडौं । आज भएको नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल र राष्ट्रिय बैँकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ बीच भएको कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौतामा निर्धारित सेवा अवधि पुरा गरेका निगमका कर्मचारीले सरल कर्जा प्राप्त गर्नसक्ने गरी उक्त सम्झौता भएको निगमले जनाएको छ ।
े निगमकी प्रवक्ता करिष्मा श्रेष्ठका अनुसार उक्त सम्झौतामा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल र बैँकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरको थिए । तलबी बचत खाता संचालनमा रहेका र निगममा ५ वर्ष सेवा अवधि पूरा गरेका स्थायी कर्मचारीले निगमको सिफारिसमा धितो विना सरल कर्जा उपभोग गर्न पाउने भएका छन् ।निमगको सिफारिसमा सरल कर्जा रु १५ लाख सम्मको हुनेछ । सरल कर्जा सुविधा उपभोग गर्ने कर्मचारीले सेवा अवधि बाँकी छँदै राजिनामा गरेमा वा कुनै कारण सेवामा बहाल रहन अयोग्य भई सेवाबाट हटेमा बैँकलाई बुझाउन बाँकी रकम निगमका तर्फबाट निजले पाउने जुनसुकै रकमबाट कट्टा गरी बैँकलाई उपलब्ध गराउने सहमति समेत भएको छ ।